कारागारबाट छुटेकै दिन बैतडीका चन्दले गरे डडेल्धुरामा चोरी

डडेल्धुरा : बैतडी घर भइ डडेल्धुरामा चोरी गर्ने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेलौली नगरपालिका–९ रोकटाका २२ वर्षीय गोरखबहादुर चन्द रहेका छन्।

चन्दले डडेल्धुराको भागेश्वर गाँउपालिका–३ तल्लो चौराहा लामिकाण्डेका ३९ वर्षीय हिक्मतसिंह खड्काको आशिष एण्ड आरुष किराना पसलमा चैत ११ गते चोरी गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी करवीर सिंह ऐरले जानकारी दिए।

ऐरका अनुसार, चन्दले पसलको मूलढोकामा लगाएको कुण्डी र ताला तोडफोड गरि नगद ४८ हजार र अन्य खुद्रा सर–सामानसहित ९५ हजार ५ सय बराबरको चोरी गरी फरार थिए। तर, प्रहरीले उनलाई चैत १६ गते पक्राउ गरेको हो।

डडेल्धुरा जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको छ। चन्द चोरी सम्बन्धी कसुरमा २ वर्ष कैद भुक्तान गरि डडेल्धुरा जिल्ला कारागारबाट चैत ११ गते छुटेका थिए। उनले छुटेकै दिन चोरी गरेका हुन्।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!