बैतडी : बैतडीको पाटन नगरपालिका–८ मा लैङ्गिक समानता र समाजिक समावेशिकरण प्रवर्द्धनको लागि जनप्रतिनिधि, समाजसेवी र युवाहरूसङ्ग अन्तरक्रिया गरिएको सम्पन्न गरिएको छ ।
युवालयको आर्थिक सहयोगमा सोमबार पाटन नगरस्तरीय युवा संञ्जालको आयोजनामा भएकाे कार्यक्रममा वडा सम्पुर्ण जनप्रतिनिधि, वडास्तरीय युवा संजालका प्रमुख एव प्रतिनिधि, स्वयंसेविका, महिला समुहका प्रतिनिधि लगायत स्थानीयको सहभागितामा बृहत छलफल गरिएको जनाएको छ । कार्यक्रमका सहभागिहरुले लैङ्गिक समानताका सवालमा आ आफ्नो तर्फबाट सक्दो पहल थाल्ने प्रतिबद्धता जनाएका छन् ।
लैङ्गिक समानताको लागि युवाहरुको तर्फबाट सक्दो सचेतनाका कार्यक्रम चलाउनुपर्ने नगरस्तरीय युवा संजालका अध्यक्ष संजय भण्डारीले बताए । यसका लागि युवा सञ्जालले सबै निकायसँग समन्वय गरिरहेको बताए ।
संजालका अध्यक्ष भण्डारी अध्यक्षतामामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि पाटन नगरपालिकाका सामाजिक विकास समिति सयोजक एवं वडा नं. ८ का अध्यक्ष हरिश बिष्ट प्रमुख अतिथि रहनु भएको थिए ।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष बिष्टले वडाबाट संचालीत कार्यक्रमहरुमा महिला सहभागीता बढाएको दाबी गरेका छन् । वडामा महिला समुह, टोल बिकास समिती, अपाङगता भएको संघ गठन गरेर काम गरिरहेको बताए । लैङ्गिक समानता र समाजिक समावेशिकरण प्रवर्द्धनको लागि कार्यक्रममा सहभागी भइ सुझाव प्रदान गर्नुहुने सबैलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
नगरस्तरिय युवा संञ्जालले १० वटैवडामा मा लैङ्गिक समानता र समाजिक समावेशिकरण प्रवर्द्धनको लागि जनप्रतिनिधि, समाजसेवी र युवाहरूसङ्ग अन्तरक्रिया गरिहेको छ ।
संजालका अध्यक्ष सजंय भन्डारीको सभाध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि पाटन नगरपालिकाका सामाजिक विकास समिति सयोजक एवं वडा न ८ का अध्यक्ष हरिश बिष्ट प्रमुख अतिथि रहनु भएको थियो ।