स्याउला काट्न जान्छु भनेर हिँडेकी महिला बेपत्ता

बैतडी : बैतडीमा एक महिला बेपत्ता भएकी छन् । जिल्लाको पाटन नगरपालिका–१० सल्लेबासा घर भएकी २० बर्षीया माधवी भट्ट बेपत्ता भएकी हुन् ।

सोमबार बिहान घरबाट स्याउला काट्न गएकी माधवी बेपत्ता भएकी उनका आफन्त जयराज भट्टले जानकारी दिए । घरबाट स्याउला काट्न जान्छु भनेर हिँडेकी माधवीको मोबाइल, हसिया र डोरी घरबाट ३ सय मिटर पर फेला परेको भएपनि उनी कहाँ गइन् भन्ने कुरा खुलेको छैन् ।

सोमबारदेखि नै माधवीको खोजी कार्य जारी रहेको र अहिले सम्म फेला नपरेकी भट्टले बताए । उनको माइती दार्चुलाको काँडापारीमा पनि खबर गरिएको तर उनी त्यहाँ पनि नगएको पाइएको छ ।

घरबाट जाने बेला उनले रातो सुरुवाल र खैरो रंगको स्वीटर लगाएकी थिइन् । बेपत्ता माधवीलाई कसैले फेला पारेमा ९८४८४६१६१९ र ९८४८९८५४९४ नम्बरमा खबर गरिदिन आग्रह गरिएको छ ।

माधवी हराएको बिषयमा प्रहरीलाई समेत जानकारी गराइसकिएको भट्टले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.