नेकपा एमाले पाटन नगर कमिटी अध्यक्षमा भट्ट चयन, बिष्ट सचिव

ललित बोहरा, बैतडी:

नेकपा एमाले पाटन नगरकमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अभिवेशनले धर्मराज भट्टको अध्यक्षतामा ५५ सदस्यीय नगरकमिटी चयन गरेको एमाले जिल्ला कमिटीका उपाध्यक्ष लोकेन्द्र भण्डारीले बताए ।

उपाध्यक्षमा भिम भट्ट, सचिव रमेश बिष्ट, उपसचिव महेशप्रशाद पन्त र हरु भट्ट, चयन भएको उपाध्यक्ष भण्डारीले बताए । पाटन नगरपालिका वडा कमिटीहरु यही चैत्र महिना भित्र गठन गरिसक्ने निर्णय समेत भएको जनाएको छ ।

पाटनमा भएको दोस्रो नगर अधिवेशनमा केन्द्रीय सदस्य लिलाधर भट्ट, प्रदेश सदस्यहरु, जिल्ला अध्यक्ष नरेश विक लगायतका जिल्ला कमिटीको टिम, जनप्रतिनिधीहरु उपस्थित रहेको थियो ।
एमाले बैतडीले स्थानीय तहका कमिटी गठनलाई तिव्रता दिइरहेको छ । शोमबार दशदचन्द नगर कमिटीले सबै वडाको अधिवेशन सम्पन्न गरेको छ ।

 

 

Leave A Reply

Your email address will not be published.