सुदूरपश्चिमका मुख्मन्त्रीलाई विश्वासको मत नदिन नाउपा केन्द्रीय अध्यक्ष श्रेष्ठद्वारा ह्विप

बैतडी: कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारको विपक्षमा रहेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले ह्विप जारी गरेकी छिन्। मुख्यमन्त्री शाहले बिहीबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेलामा उनले केन्द्रीय अध्यक्षका रुपमा ह्विप जारी गरेकी हुन्।

सामान्यतयाः सम्बन्धित प्रदेशकै संसदीय दलका प्रमुख सचेतकले ह्विप जारी गर्ने गर्छन्। तर नाउपामा भने केन्द्रीय अध्यक्षको रुपमा ह्विप जारी गरेकी हुन्।

उनले पार्टीको ‘सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएको हुँदा दैनिक सभा सञ्चालन लगायतका कार्यक्रमहरूका लागि माननीय श्री घनश्याम चौधरीले संसदीय दलको नेताको रुपमा कामकाज गरे पनि प्रदेश सभाको महत्त्वपूर्ण निर्णयमा ह्विप लगाउने अधिकार पार्टीको केन्द्रीय अध्यक्षलाई नै भएकोले’ आफूले ह्विप लगाएको बताएकी छिन्।

सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूलाई पठाइएको पत्रमा भनिएको छ, -मिति २०८०/१२/२२ गते माननीय कमलबहादुर शाहज्यूले लिन गइरहेको विश्वासको मतको विपक्षमा मतदान गर्नुहुन निर्देशन सहितको ह्विप जारी गरिएको व्यहोरा अनुरोध गर्दछु।’

विवादमा नाउपा : एक्लिँदै तर झन् कठोर बन्दै अध्यक्ष रञ्जिता श्रेष्ठ
उनले आफ्नै पार्टीबाट समानुपातिक सांसद भएकी इन्दिरा गिरीलाई कारबाही गरेकी छन्। पार्टीको निर्णय विपरीत सरकारमा किन गएको भनेर स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएकाले हटाउने निर्णय लिएको श्रेष्ठले जानकारी दिइन्।

us dintal patan
Leave A Reply

Your email address will not be published.