दिउँसो ३ बजे विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री: यस्तो छ गणित

धनगढी:  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिँदैछन्। विश्वासको मतका लागि बिहीबार दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको छ।

५३ सदस्यीय रहेको सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ प्रदेश सभा सदस्य रहेका छन्। यस प्रदेशमा बहुमत ल्याउन २७ मत आवश्यक रहे पनि कुनै दलसँग बहुमत छैन।

सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका सात गरी २५ जना पुग्छ। मुख्यमन्त्रीलाई विश्वासकको मत दिन स्वतन्त्र प्रदेश सभा सदस्य तारा जोशी र राष्ट्रिय प्रजातन्त्र पार्टीकी खेमादेवी विष्टको समर्थन जरूरी रहन्छ।

suv

यी दुईमध्ये कुनै एकले समर्थन नदिए यो सरकार अल्पमतमा पर्छ। मुख्यमन्त्री शाह स्वतन्त्र र राप्रपा प्रदेश सभा सदस्यको समर्थन पाउनेमा विश्वस्त रहेको बताउँछन्। तर राप्रपाकी प्रदेश सभा सदस्य विष्टले सरकार गठनमा साथ र सहयोग दिनेबारे कुनै निर्णय नभएको बताइन्।

स्वतन्त्र प्रदेश सभा सदस्य जोशी भने मुख्यमन्त्री शाहले विश्वासको मत पाएपछि सरकारमा जाने तयारीमा छन्।

विश्वासको मत पाउने टुंगो नभएपछि मुख्यमन्त्री शाह भने प्रदेश सभामा विश्वासको मत लिने वा सभालाई सम्बोधन गरेर राजीनामा घोषणा गर्ने विषयमा आन्तरिक परामर्शमा जुटेका छन्। शाहले कांग्रेस संसदीय दलको बैठक बोलाएका छन्।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.