काठमाडौं : नेपाली कांग्रेसले इलाम–२ डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार टुंगो लगाएको एक नेताले जानकारी दिए ।
खड्का ४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बझाङ १ को प्रदेशसभा क्षेत्र नं. १ मा हुन वैशाख १५ गते हुन लागेको उपनिर्वाचनको टिकट सुदूरपश्चिमका दिवंगत मन्त्री पृथ्वीबहादुर सिंहपुत्र अभिषेक सिंहलाई दिएको छ।
ती नेताका अनुसार संसदीय बोर्डको निर्णयलाई बिहीबार नै बस्ने कार्यसम्पादन समितिले अनुमोदन गर्नेछ ।