ललित बोहरा, बैतडी : जयपृथ्बीराजमार्ग अन्तरगतको खोडपे–बझाङ सडकखण्डको झौलेक क्षेत्र ज्यानमारा बन्दै गएको छ । साघुरो सडकका कारण अधिकाश दुर्घटना झौलेक क्षेत्रको ५ सय मिटर भित्र भइरहेका छन् ।
सडक डिभिजन कार्यालय पाटनमार्फत ठेकेदारले यो क्षेत्रमा सजिलो क्षेत्रमा मात्र सडक फराकिलो बनाउने काम गरिहेको छ । हाडरक अर्थात ढुंगाको चटानमा ठेकेदारले काम गरेको छैन् । सडकमा दुर्घटना न्यूनिकरण गर्न २०७४ सालमा करोडौका स्टिल बेरियर लगाएको थियो ।
मोड सुधारका नाममा अहिले ती सबै भत्काईएका छन्। घुम्तीमा नै कालोपत्र मोडसुधारका नाममा भत्काएपछि दुर्घटनाको जोखिम थपिएको पाटन नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हरिष बिष्टले बताए ।
‘सडक फराकिलो सबै ठाउँमा हुनु पर्छ हाम्रो क्षेत्रमा सडक साघुरो भएर बर्षेनी दुर्घटना भइरहेका छन् गत बर्ष यही क्षेत्रमा दुर्घटना भो फेरी यसै क्षेत्रमा आज पनि भयो ।’ उनले भने, ‘सम्बन्धीत निकायको त्तकाल ध्यान जानुपर्छ।’
‘एक बसलाई ठिक ठाउँ हुन्छ चालकदिलिप ऐरले भने, ‘साईट दिन कहिले कही २ सय ३ सय मिटर टाढा पुग्नु पर्छ दुर्घटनाको डर छ । यो क्षेत्र त अब मसानघाट भइसक्यो ।‘
एक बर्षमा तीन घटनामा आठ जनाको मृत्यु
शुक्रबार ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। बैतडीको सुर्नयाबाट खोड्पे आउँदै गरेको से २ त ३६७८ नम्बरको ट्याक्टर शुक्रबार विहान जयपृथ्वी राजमार्गको पाटन नगरपालिका ८ झौलेक मोडमा दुर्घटनामा परेको हो।
दुर्घटनामा परि दुई जनाको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमबिक्रम केसीले जानकारी दिए । मृत्यु हुनेमा कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नं ३ पिपलाडी बस्ने ट्याक्टर चालक ३० वर्षिय राजेश चौधरी र पाटन नगरपालिका वडा नं १० पनालीका ५० वर्षिय मानसिंह बिष्ट रहेका छन् ।
गत बर्षको चैत्र २९ गते झैलेकमै जिप दुर्घटनामा परी एकै गाउँका ६ जनाको घटनास्थलमै मृत्यु थियो ।
पाटन नगरपालिका(८ झौलेकमा २०७९ चैत्र २९ गते मंगलबार राति करिब ११ बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा परी बझाङको केदारस्युँ गाउँपालिका- ५ का एउटै गाउँका ६ जनाको ज्यान गएको छ।
से १ ज ७६४ नम्बरको उक्त जिप खोड्पेदेखि बझाङ जाने क्रममा सडकबाट करिब ५ सय मिटर तल खसेको थियो। दुर्घटनामा ५ जनाले भने जिपबाट हाम फालेर ज्यान थिए ।