डडेल्धुरा:
एमाले डडेल्धुराको संयोजकमा गजेन्द्र शाही चयन भएका छन् । युवा संघका केन्द्रीय उपाध्यक्ष तथा डडेल्धुरा जिल्ला सचिव शाहीलाई एमाले जिल्ला संयोजकमा चयन गरिएको एमाले डडेल्धुराले जनाएको छ ।
अधिवेशन गर्ने उद्देश्यले शाहिलाई संयोजक चयन गरेको एमाले नेता एवंम निर्वतमान अमरगढी नगरपालिका मेयर विपीन ओझाले बताए । एमाले डडेल्धुरा अध्यक्ष प्रकाश साउदलाई प्रदेश कमिटीले अनुशासनको कारवाही गरेकाले अभिवेशन सम्मका लागी शाहीलाई संयोजक तोकीएको हो ।
संघ र प्रदेशको चुनावमा पार्टीका गतिविधीमा सक्रिय नदेखीएका साउद अहिले कारवाहीमा परेका छन् । अन्य विपक्षि पार्टीसंग साटगाँठ गरि आफ्नै पार्टीका उमेदवारलाई अन्तरघात गरेका कारण कारवाहि गरिएको प्रदेश कमिटीले बताएको छ । संघ र प्रदेश चुनावमा साँउद एउटा पनि चुनावि कार्यक्रममा सहभागी भएका थिएनन।