नेपाल–भारत आवत–जावत सहज बनाउदै पञ्चेश्वर गाउँपालिका: कङ्गेराबाट ढोयाघाट सडक निमार्ण सुरु

ललित बोहरा/बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिकाभारत आवतजावत सहज बनाउदै लगेको छ । महाकालीपारी भारतले सडक पहुच बनाएका स्थानमा गाउँपालिकाले सडक सञ्जाल निमार्ण तिव्ररुपमा गरिरहेको जनाएको छ । केही स्थानमा महाकाली नदिसम्म सडक जोडिसकेको छ ।

शुक्रबार पञ्चेश्वर गाउँपालिका २ महाकालीको कङ्गेराबाट ढोयाघाट जाड्ने सडक निमार्ण सुरु भएको स्थानी रमेश चन्दले बताए ।

नेपालबाट भारतको सिमासम्म जोडिने सडकको एक समारोहका बिच शुक्रबार गाउँपालिका अध्यक्ष चन्दले उद्घाटन गरेका छन् ।

ढोयाघाट महाकाली नदीपारी भारतले सडक सञ्जाल पहिले नै जोडी सकेको छ । पञ्चेश्वर गाउँपालिकाले यस अगाडी बलराघाट, विनायक घाट लगायतका स्थानमा सडक विस्तार गरिसकेको जनाएको छ भने पञ्चेवर घाट, डिमबार घाट, धर्मघाटमा सडक निमार्ण अन्तीम चरणमा छ ।

सडक निमार्ण भएर महाकाली पुगेमा यहाँका नागरिकलाई भारत आवतजावत गर्ने सहज हुनका साथ आर्थिक कारोवार बढने लक्ष्य लिएको छ ।

यहाँको उत्पादन भारत जाने त भारतमा शुफत मुल्यमा पञ्चेश्वरबासीले समाग्री पाउने अध्यक्ष चन्दको भनाई छ ।
महाकालीमा पुल निमार्णका लागि लामो समयदेखी पहल गरिहेको अध्यक्ष चन्दको दाबी छ । पञ्चेश्वरका नागरिकको पारी भारतमा समेत घर छन् उनीहरुलाइ पनि नेपाल आउन जान सडकले सहज हुने छ ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.