१० वर्ष वैदेशिक रोजगारी गरेर फर्किएका बोहरा मृत फेला

बैतडी: बैतडीका एक युवक मृत फेला परेका छन् । जिल्लाको पुर्चाैडी नगरपालिका-५ दहताल टोलका ३० वर्षिय जगदिश बोहरा शनिबार मृत फेला परेका हुन् ।

बोहरा आफ्नै घर भित्र झुण्डीएको अवस्थामा मृत भेटिएका पुर्चौडी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नागिसिंह खडायतले जानकारी दिए ।

मृतक बोहराको घरमा श्रीमती र एक छोरा रहेका वडा अध्यक्ष खडायतले बताए । झण्डै १० वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा बसेका बोहरा गत पौस महिना मात्रै नेपाल फर्किएका थिए । बोहराले पासो किन लगाए भन्ने कुरा खुलेको छैन् ।  घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.