पाटनमा सुरु भयो प्रथम उदयदेव प्रिमियर लिग

बैतडी : बैतडीको पाटनमा नगरस्तरीय खुल्ला पुरुष टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ। सोमबार प्रथम पाटन नगरस्तीय उदयदेव प्रिमियर लिग सिजन–१
को नेपाल र्भको पाटन भ्याली क्रिकेट क्लबका सचिव सन्तोष जोशीले जानकारी दिए ।

नेपाल क्रिकेट संघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी चतुरबहादुर चन्दले उद्घाटन गरेका छन् । कृष्ण माविको खेलमैदानमा भइरहेको प्रतियोगितामा १२ टिमले सहभागि छन् ।

नगरपालिका भित्रको क्रिकेटको विकास गरी दक्ष खेलाडी उत्पादन गर्ने उदेश्यका साथ नगरस्तरीय क्रिकेट प्रतियोगिताको आयोजना गरिएको क्लवका अध्यक्ष विकाश विष्टले बताए ।

नगरक्षेत्रका धार्मीक क्षेत्रको पर्यटन प्रवर्धन गर्ने उदेश्यसहित खेलको आयोजना गरिएको अध्यक्ष बिष्टको भनाई छ । उदयदेव मन्दिरबाट छलिया नृत्य, स्थानिय कला सस्कृति झल्किने प्रस्तुतिसहित प्रतियोगिताको भव्य उद्घाटनका बिच उद्घाटन गरिएको छ ।

sanke

प्रतियोगीताको पहिलो दिन एक खेल सम्पन्न भएको छ । भगवती क्रिकेट क्लव र पाटन भ्याली क्रिकेट क्लव बिच भएको पहिलो खेलमा पाटन भ्याली विजयी भएको आयोजक क्लवका सचीव जोशीले बताए । १५ओभरको खेलमा १२८ रन बनाएको भगवती माथी पाटन भ्यालीले ११ ओभरमै जित निकाल्न सफल भएको हो ।

पाटन भ्याली क्लवका अध्यक्ष विकास विष्टको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द तथा विशिष्ट अतिथी नगर प्रमुख गौरी सिंह रावल, नेकपा एमाले बैतडीका उपाध्यक्ष लोकेन्द्र भण्डारी लगायतका व्यक्तिहरु रहेका थिए ।

प्रतियोगीताको प्रथम पुरस्कार नगद ३० हजार, द्धित्तिय पुरस्कार, नगद २० हजार ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । खेलमा म्यान अफ दि सिरिज नगद ५ हजार, वेष्ट व्याट्सम्यान नगद ३ हजार, वेष्ट बलर नगद ३ हजार र इमर्जिङ प्लेयर नगद १ हजार ५ सय पुरुस्कार प्राप्त गर्नेछन् ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!