पाटनमा कक्षा ८ को परिक्षाफल प्रकाशित : ७ निल, ९ बिद्यालयको १-१ बिद्यार्थी मात्र पास

ललित बोहरा/बैतडी: बैतडीको पाटन नगरस्तरिय कक्षा ८ को परिक्षाफल प्रकाशित गरिएको छ । ३५ विद्यालयमा ७ विद्यालय निल अर्थात शुन्य नतिजा आएको छ भने ९ बिद्यालयका १-१  बिद्यार्थी मात्र पास भएका छन् ।

होमसेन्टर हटाएर परिक्षा गरेको नगरपालिकामा जम्मा २१ प्रतिशत बिद्यार्थी पास भएका छन् । नगरपालिकाभरका ६ सय ५२ बिद्यार्थीले परिक्षा दिएका थिए जसमा १ सय ३७ मात्र पास छन । निल नतिजा आउनेमा शिद्धेश्वर मावि मेल्चोरा, सरस्वती आधारभुत बिद्यालय गुथडी पाटन-१, डाडाँबाघ आधारभुत बिद्यालय हिरापुर, भगवती आधारभुत बिद्यालय पाटन-६ सुकेली, भुवनेश्वर मावि पाटन-७ भागैती, शिद्धदिप आवि पाटन-८ खोड्पे, ब्रह आवि पाटन-१० हतास रहेका छन् ।
यस्तै एक मात्र बिद्यार्थी पास भएर निल जानबाट जोगिनेमा भुमिराज आवि पाटन-१ बाटुलासौ, कैलाश आवि पाटन-१ डैसिली, कालिका आवि पाटन-१ पलेडा, बालकल्याण आवि बोहरीगाउँ पाटन-३, नवदुर्गा आवि पाटन-४ कुडी, उदयदेव मावि पाटन-७ किम्तोली, जयपुर आवि पाटन-७ उपल्लाबाटुला, निरपालेश्वर मावि पाटन-१० डैसिली, सरस्वती मावि पाटन-१० सल्लेबासा रहेका छन् ।

। पाटन नगरपालिका शिक्षा शाखाले प्रकाशित सूचनामा दुई बिषयमा एनजी आउने बिद्यार्थीका लागि मौका परिक्षा बैशाख १० गते हुने जनाएकाे छ ।

मौका परिक्षाबाट पनि पास नभएकामा निल हुने बिद्यालयमा कक्षा ९ मा एक जना पनि बिद्यार्थी हुने छैनन् । भने कक्षा ८ मा बढी बिद्यार्थी हुनेछन् । एक मात्र पास हुने ९ बिद्यालयको कक्षा ९ मा १ जना बिद्यार्थी हुनेछ। चैत २७ गते सबै बिद्यालयमा मार्केसिट पुग्ने शिक्षा शाखा प्रमुख ललितकुमार पाण्डेयले बताए ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.