ललित बोहरा, पाटन, बैतडी :
पहाडमा अहिले गहुँबाली पाक्ने समय हुर्दैछ । गहुँबाली पाक्न नमाउदै अधिकास ठाउँमा बंदेलले आतंक गरेको छ । जंगली बंदेलले अहिले अधिकाशको गहुँबाली नष्ट गरेको जनाएका छन् ।
बैतडी पाटन नगरपालिका-१ डैसिलीमा अंधिकासको गहुँबाली बंदेलले सखाप गरेको स्थानीय कृष्ण सिह बोहराले बताए । ‘राती मात्र हैन अहिले त दिउँसो समेत बंदेल देखिन थाले दिन-दिनै गहुँबालीमा बंदेल देखिन थाले, उनले भने, अब सरकारले क्षतीपुर्ती दिनुपर्छ ।
वन जंगलमा आगलागी भएपछि बंदेल लगायतका जगंली जनावरहरु अहिले दिउँसै खेतबारीमा आउन थाले हुन् ।
आफ्नो दुई रोपनी खेतमा लगाएको गहुँबाली नष्ट गरेको स्थानीय कृषक गोमती बोहराले बताइन् । ‘मकै लगाए पनि खाईदिन्छ, गहुँ लगाए पनि खाईहाल्छ अब खेत बाझोँ छाेड्रनु पर्ने बेला भएको छ, यतीको मेहनत गरेर लगाएको बाली भित्र्याउन पाइदैन्र । कृषक बोहराले भनिन्, ‘अब खेत बाझो छोड्ने हो ।
मकै र गहुँबाली मात्र सखाप पार्ने बंदेलले पछिल्लो समय तरकारी समेत खान थालेको छ ।’
पिडालु लगायतका तरकारी बाली समेत करेसाबारीमै आएर सखाप पर्ने थालेको पाटन १ डैसिलीका तेज सिह बोहराले बताए ।
सरकारले खेतबारीमा आएको जंगली बंदेललाई मार्ने अनुमती दिएको छ । राती आउने र मार्ने हतियार नभएकाले समस्या रहेको छ ।