पाटनमा शैक्षीक बहस : उपमेयरसहित वडाअध्यक्ष बिद्यालय-बिद्यालयमा पुग्दै

बैतडी :

बैतडीको पाटन नगरपालिकाले शैक्षिक सत्रको सुरुवातदेखी नै विद्यालय अनुगमन कार्य अघि बढाएको छ । नगर उपप्रमुख तथा अनुगमन समिति संयाेजक कमलसिह बोहरासहित वडा अध्यक्षहरु समस्या आएका बिद्यालय पुगेर छलफल गर्न थालेका छन् । नगरपालिका भित्र रहेका ११ विद्यालयको समायोजन समेत गरिसकेको नगरपालिकाले विद्यालयहरुमा पुगेर नगरपालिकाले बनाएको शिक्षा नितिबारे अन्तरक्रिया गर्नुका साथै शैक्षिक गुणस्तर सुधारका लागि निर्देशन दिइरहेको छ ।

मंगलबार वडा ३ स्थीत सुकाबैना सामुदायीक आधारभूत विद्यालयमा अन्तरक्रिया गरिएको नगर उपप्रमुख कमलसिह बोहराले बताए। उक्त विद्यालयमा शैक्षिक नितिका बिषयमा जानकारी गराउदैँ शिक्षा नितिको पुर्ण रुपले पालना गर्न निर्देशन दिएको उनले बताए ।

नगरपालिकाले बनाएको मापदण्ड अनुसार कक्षा ५बाट कक्षा ३ सम्म समायोजन गरिएको उक्त विद्यालयको व्यवस्थापन समिति, शिक्षक तथा अविभावकहरु संग छलफल गरिएको समाजीक विकास समिती संयोजक तथा वडा नम्बर ८ का वडा अध्यक्ष हरिष बिष्टले बताए ।

नगरपालिकाले शिक्षाको गुणस्तर बृद्धि गर्नका लागि २८ बुँदे निर्देशन जारी गरेको छ । शिक्षकहरुले पढाइरहेकै समयमा नगरपालिकाको प्रविधिक टोली पछाडी बसेर मुल्यांकन गर्ने शिक्षा शाखाले जनाएको छ । नियमीत विद्यालय अनुगमन, शैक्षिक प्रगतीको अवलोकन, व्यवस्थापन समिति, शिक्षक र अविभावकको समन्वय भए नभएको विषय अनुगमन गर्ने वडा नम्बर १० का वडा अध्यक्ष धनबाहादुर कुवँरले बताए । नियीमत मुल्यांकनमा विद्यालयहरुले अपेक्षीत नतिजा प्राप्त गर्न नसके कारवाही समेत गरिने उनको भनाई छ । मंगलबार भएको छलफलमा ३,५, ६ ८ र १० नम्बर वडाका अध्यक्षहरुको समेत सहभागी रहेको थियो । लामो समय कामजमा अन्य बिद्यालयमा कार्यरत शिक्षक निर्मला अवस्थीलाई पनि सुकाबैनामै हाजिर गराईएको छ ।

us dintal patan
Leave A Reply

Your email address will not be published.