बैतडी : बैतडीकाे पञ्चेश्वर गाउँपलिकामा रहेका विद्यालयको कक्षा ८ को नतिजा सार्वजनिक गरिएको छ । गाउँपालिकाभरि कक्षा ८ को परिक्षामा सहभागी १७ विद्यालय मध्ये पाचँ विद्यालयको नतिजा शून्य आएको छ ।
बाँकी विद्यालयको सन्तोषजनक नतिजा आएको छैन् । सबै भन्दा बढि उत्तीर्ण हुने विद्यार्थी संख्या पाचँ रहेको छ । सबै भन्दा बढी उतीर्ण हुने विद्यार्थी देवथला मावि र रायपुर आविमा पाचँ-पाचँ जना रहेका छन् । शून्य विद्यार्थी उत्तीर्ण हुनेमा चतुर्वाहु आवि, सोमेश्वर मावि, केदार आवि, कल्याणपुर आवि र कैलापाल आवि रहेका छन् ।
सबै भन्दा बढी ५९ जना विद्यार्थी रहेको डुङरीखान माविमा एक विद्यार्थी मात्र उतिर्ण भएको छ भने १२ जना ग्रेड वृद्धिको लागि योग्य देखिएका छन् । यस्तै दोस्रो बढि ५२ विद्यार्थी भएको कुलाउँमा दुई जना मात्र उत्तीर्ण भएका र चार जना ग्रेड वृद्धिको लागी योग्य देखिएका छन् ।
तेस्रोमा बढि ३५ जना विद्यार्थी भएको देवथाला माविमा गाउँपालिकाभरिकै सबै भन्दा बढि पाचँ जना विद्यार्थी उत्तीर्ण भएका र सात जना विद्यार्थी ग्रेड वृद्धिको लागी योग्य देखिएका छन् भने चौथो बढि ३२ जना विद्यार्थी भएको सोमेश्वर मावि मा शून्य विद्यार्थी उतीर्ण भएका र छ जना ग्रेड वृद्धिका लागी योग्य देखिएका छन् ।
यस्तै रायपुर आविमा १० जना विद्यार्थीमा पाचँ जना उतीर्ण भएका र तिन जना ग्रेड वृद्धिका लागि योग्य देखिएका छन् । गाउँपालिकाभरिमा प्रतिशतको हिसावले सबै भन्दा बढि उत्तीर्ण हुने विद्यार्थी रायपुर आविमा रहेका छन् । गाउँपालिकास्तरिय कक्षा ८ को परिक्षामा ३९० जना विद्यार्थी सहभागी मध्ये २९ जना विद्यार्थीमात्र उत्तीर्ण भएका पञ्चेश्वर गाउँपालिका शिक्षा शाखाले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
नतीजा शुन्य आउनु र कम नतिजा आउनुमा विभिन्न कारण रहेको र अगामी दिनमा यस्को समिक्षा गरि अगाढी बढिने पञ्चेश्वर शिक्षा शाखा प्रमुख माहामल सिह घटालले बताउनु भयो ।