बैतडी : बैतडीको पाटनमा जारी उदयदेव प्रीमियर लिग क्रीकेट (युपिएल-१) प्रतियोगितामा बुधबार चार खेल सम्पन्न भएका छन् । कृष्णमाविको खेलमैदानमा जारी प्रतियोगितामा आज चार खेल सम्पन्न भएका हुन् ।
दिपचन क्रीकेट क्लब र पाटन स्टार क्रीकेट क्लब बिचको पहिलो खेलमा पाटन स्टार क्लब बिजयी भएको छ । उसका लागि म्यान अफ दि माच भएका बिष्णु बिष्टले ४१ रन बनाउनुका साथै एक महत्वपूर्ण विकेट लिएका थिए ।
टच हारेर व्याटिङ्गको निम्तो पाएको दिपचन क्रीकेट क्लबले १०६ रनको लक्ष्य दिएको थियो ।
यसैगरी पाटन क्रीकेट क्लब र लालिगुरास क्लब बिचको खेलमा पाटन क्रीकेट क्लब विजयी भएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाटन मधुर बिष्टको ५१ रनको अर्धसतकिय पारिको मद्दतले १५० रनको लक्ष्य दिएको थियो ।
जवाफी व्याटिङ्ग गर्ने क्रममा लालिगुरास ९१ रनमा अलआउट भयो । पाटनका बिष्ट म्यान अफ द म्याच घोषित भए ।