आयोजक पाटन भ्यालि क्रिकेट क्लबले जित्यो प्रथम युपिएल क्रिकेट प्रतियोगिता

बैतडी: प्रथम उदयदेव प्रीमियर लिग क्रिकेट प्रतियोगिताको उपाधी आयोजक पाटन भ्यालि क्रिकेट क्लबले हात पारेको छ । कृष्ण माविको खेल मैदान पाटन बैतडीमा शुक्रबार सम्पन्न भएको फाइनल खेलमा पाटन स्टार क्लबलाई ४ विकेटले पराजीत गर्दै उपाधी हात पारेको हो ।

पाटन भ्याली क्रिकेट क्लब ३० हजार नगदसहित ट्रफि, मेडल र प्रमाण हात पारेको छ । उपविजेता पाटन स्टार क्लबले २० हजार नगदसहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त ग¥यो ।

पाटन स्टार क्लबले टस जितेर पहिला व्याटिङ गरेकोमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । जवाफि ब्याटिङ गरेको पाटन भ्यालिले ३ बल बाकि छदै जीत हात पारेको हो ।

प्रथम पुरुस्कार नगद ३० हजार निमार्ण व्यवसायी भुवन जोशीले आर्थिक सहयोग गरेका थिए ।

खेल थता खेलाडी विकास संगै नगरक्षेत्रभित्रका धार्मीक क्षेत्रको प्रर्वद्धन गर्ने उद्धेश्यले पाटन भ्यालि क्रिकेट क्लबको आयोजनामा चैत्र २६ गतेदेखी नगरस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगिता सञ्चालन गरिएको थियो ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.