शिद्धनाथ माविको भवन निमार्णमा गम्भीर त्रुटी !

बैतडी:

बैतडीको पाटन नगरपालिका- २ मा पर्ने शिद्धनाथ मावि सिलङगाको बिद्यालय भवन निमार्ण गुणस्तरहीन भेटीएको छ ।

पाटन नगरपालिका नगर उपप्रमुख तथा योजना अनुगमन समिति संयोजक कमल सिह बोहरा अपी, इन्जीनियर मोहन देव भटट्, वडा अध्यक्षय  महेश पन्त लगायतका प्राविधीक टिमले मापदण्ड विपरित काम भइरहेका भेटाएका हुन् ।

सोलीङमा माटो प्रयोग भइरहेको अनुगमनकै क्रममा भेटीएको छ । क्षत ढलानमा ध्यान नदिदाँ क्षत नै बाङगोटिङगो बनाईएको छ भने पिलरमा सरिया, तथा काठका टुक्राहरु प्रष्ट बाहिर नै देखीएका छन् ।

समाजीक विकाश कार्यालय बैतडीमार्फत प्रदेश सरकारको २१ लाखको बजेटमा दुई कोठे भवन निमार्ण भइरहेको छ । वडा अध्यक्षय  महेश पन्तले काम गलत भइरहेकाले अहिले नै काम रोक्ने अनुगमनकै क्रममा बताए ।

उनले मिस्त्री दक्ष नभएकाले काममा निकै कमजोरी भएको बताए । शिद्धनाथ बिद्यालयले १७ लाखमा एक स्थानीय नागरिकलाई ठेक्का दिएको अध्यक्ष पन्तले बताए । उनलका अनुसार बिद्यालयलाई ठेक्दारले केही रकम दिने सहमति भएको छ ।

बिद्यालय बिदा भएकाले भवन निमार्ण कार्यको निरिक्षण गर्न नभएको बिद्यालय स्रोतको भनाई छ । गुणस्तरिय काम नभएको भेटीमा भूक्तानी नहुने सामाजिक विकास कार्यालय बैतडीका कार्यालय प्रमुख शंकर दत्त जोशीले बताए । हाम्रो प्राविधीक कर्मचारी पठाउछौ, गुणस्तरिय काम नभएको भेटीएमा भुक्तानी रोकीन्छ कार्यालय प्रमुख जोशी ले भने, अनुगमन छिटै हुन्छ । अन्तीम भुक्तानीका लागी वडाको सिफारिस स्कुलले माग्ने छ । अन्रय प्राविधीक समेत सामाजीक विकास कार्यालयले खटानु पने हुन्छ ।यस समाचार सम्बन्धी भिडीयोहरू समेत सुरक्षीत राखीएको छ ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.