सुदूरपश्चिमको मुख्यमन्त्री लागि नागरिकका उन्मुक्तिले आजै दाबी पेस गर्ने

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टीले गर्ने भएको छ। उक्त प्रदेशमा मुख्यमन्त्री नाउपाले पाउने भएको हो।

आज बालुवाटारमा भएको शीर्ष नेताबीचको छलफलमा आफ्नो पार्टीलाई मुख्यमन्त्री दिने औपचारिक सहमति भएको नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले नेपाल लाइभलाई जानकारी दिइन् ।

बैठकमा माओवादी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए।

सुदूरपश्चिम प्रदेशमा आज सरकार गठनका लागि दाबी पेस गर्ने अन्तिम दिन हो। नाउपामा कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अघि सारिने अध्यक्ष श्रेष्ठले जानकारी दिइन्। आजै उनी धनगढी आउने र साँझसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!