सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोरको दाबी पेस

धनगढी- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीले दाबी पेस गरेका छन्। नेपाली काँग्रेस, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र राप्रपा पार्टीका मतसहित लक्ष्मण किशोर प्रदेश प्रमुखको कार्यालय पुगेका हुन्। उनले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आइतवार दाबी पेस गरेका छन्।

sanke

केन्द्रमा माओवादी केन्द्र, नेकपा एमाले, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति लगाएतका दलहरूको गठबन्धन रहेका बेला प्रदेशमा काँग्रेस, समाजवादी, नागरिक उन्मुक्ति र राप्रपाको रेशम चौधरी पक्षधरले अर्काे गठबन्धन गरेका हुन्। सुदूरपश्चिम सरकार निर्माणको लागि काँग्रेस, समाजवादी र नागरिक उन्मुक्ति पार्टीको रेशम लाल चौधरी पक्ष तथा राप्रपाको अलग्गै समझदारी बनेको हो।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!