कक्षा ८ को नतिजा शून्य आएपछि शिद्धेश्वर मावि मेल्चोराका प्रधानाध्यापकद्धारा राजीनामा

ललित बोहरा(डैसिली)बैतडी : कक्षा ८ को नतिजा निल आएपछि शिद्धेश्वर माविका प्रधानाध्यापक प्रकाश लुहारले राजीनामा दिएका छन् ।

बैतडीको पाटन नगरपालिका-१ मा रहेको शिद्धेश्वर मावि मेल्चोराका प्रधानाध्यापक लुहराले बिद्यालय व्यवस्थापन समिति अध्यक्ष हिक्मत सिह रावल समक्ष राजिनामा बुझाएका छन् । उनको राजिनामा आईतबार नै अध्यक्ष रावलले स्विकृत गरेको बिद्यालय स्रोतले बताएको छ ।

निम्न माध्मीक बिद्यालय स्थायी रहेको बिद्यालयमा कक्षा ८ सम्म स्थायी शिक्षक पूर्णरुपमा भएपनि नगर स्तरिय परिक्षामा कक्षा ८ मा शूल्य नतिजा आएको छ भने कक्षा १ देखी ९ सम्म ८ बाहेक वडा स्तरिय परिक्षामा जम्मा १ सय २७ जना मध्ये २२ जना मात्र उर्तिण भएको छन् ।

नगर शिक्षक तथा स्वमंसेवक शिक्षकले अध्यपन गराइरहेकाे बिद्यालयको भन्दा रिजल्ट कमजोर आएपछि प्रअबाट राजीनामा दिएको शिक्षक लुहारले बताए । कक्षा ८ मात्र नभइ १ देखी ९ सम्मकै नतिजा सन्तुष्ट नआएकाले राजीनामा दिएका हुन् ।

बिद्यलाय व्यवस्थापन समितिले शिक्षक उद्धव भट्टराईलाई अहिलेका लागि निमित्त प्रअ भएर काम गर्ने जिम्मा दिएको छ भने ७ गते भित्र नयाँ प्रअ नियुक्त गर्ने भएको छ । जसका लागि शिक्षकहरुबाट बिद्यालय विकास प्रस्ताव माग गरिएको विद्यालय स्रोतले जनाएको छ ।

उनले भने, ‘निमाविमा शिक्षक काेटा पुरा छ, नतिजा शून्य, । मैले सक्दैन, सक्ने साथीले गर्छन, मेरो सहयोग पुरा रहन्छ ।’

स्रोतका अनुसार नयाँ प्रअका लागि पुष्प भट्टराई, तेजबहादुर चन्द लगायतका शिक्षकको नाम चर्चामा छ । चन्दले भद्रपुर मावि भुल्कुडाको नेतृत्व लामो समय गरेको अनुभव छ भने भट्टराई त्यही बिद्यालयमा लामो समयमदेखी काम गरेका शिक्षक हुन् ।

यो बिद्यालयमा केही व्यक्तीको राजनितीक स्वार्थका कारण पछिल्लो समय खस्कीदै गएको छ ।

us dintal patan
Leave A Reply

Your email address will not be published.