डडेल्धुराको गुनपालमा पहिलो पटक हुड्केली नाँचसहितको साँस्कृतिक कार्यक्रम

डडेल्धुरा: डडेल्धुरामा हुड्केली नाँचसहित साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । जिल्लाको अजयमेरु गाउँपालिका ३ भद्रपुर गुनपालमा हुड्केली नाँच तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । परम्परागत हुड्केली नाँच, तथा हाम्रो संस्कृति जर्गेना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजनक सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान नेपाल धनगढी कैलालीले जनाएको छ ।

सहआयोजक राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा डडेल्धुराका अध्यक्ष धनिराम गिरीको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक बिकास मन्त्री गोबीन्दराज बोहरा रहेका थिए । कार्यक्रममा लोेक देउडा गायक दिर्घराज फुलारा, सुधिर जैरु, रमेश मल्ल, भान बहादुर बिक, गणेश केसी लगायतका अन्य कलाकारहरुको प्रस्तुती रहेको थियो ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.