बैतडीमा एक किशोरीकाे बलात्कारपछि हत्या, काका पक्राउ

बैतडी: बैतडीमा एक किशोरीको बलात्कारपछि हत्या गरेकाे पुष्टी भएको छ । बलात्कारपछि हत्या गरेकाे भन्दै प्रहरीले जिल्लाको पुचौंडी नगरपालीका-४ का काका नाता पर्ने  एक जना पक्राउ गरेको छ ।

पुचौंडी नगरपालीका वडा न ४ स्थित आफ्नै घरबाट अन्दाजी एक वर्ष अगाडी भागि विवाह गरेकी बर्ष १७ की किशोरी हराएकोमा खोज तलास गर्ने क्रममा मिति २०८०-१२-२८ गते मृतकको शव जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय पाटन, बैतडीबाट प्रहरी निरीक्षक सरोज कुमार ठकुराठीको कमाण्डमा अनुसन्धान अधिकृतसहितको टोली घटनास्थलमा पुगी घटनास्थल तथा शवको जाँच गर्दा टाउकोमा चोट लागेको अवस्थामा शव फेला परेको जनाएको छ । डडेल्धुरा अस्पतालमा शव पोष्टमार्टम गर्दा अन्दाजी १८ हप्ताको बच्चा गर्भमा रहेको साथै टाउकोमा चोटको कारणले मृत्यु भएको डाक्टरले पुष्टी गरेको प्रहरीले जनाएको छ । अनुसन्धान गर्दै जादा मृतक किशोरीको श्रीमान २०८० साल साउन महिनादेखी भारतमा रोजगारीको लागि गएको किशोरीका काका पर्ने वर्ष ३० पुरुषले ललाई फकाई डर धाक धम्की समेत दिई पटक-पटक करणी गरेको सोको कारणले निज गर्भवती भएको प्रहरीको अनुसन्धानले देखिएको छ ।

गर्भपतन गराउन पुचौंडी स्वास्थ्य चौकीमा प्रयास गर्दा असफल भएपछी काकाले स्थानीय जंगलमा बोलाई ढुंगाले हानी मारेको बयान दिएका छन् ।

मृतकको बुवाले हाडनाता करणी र कर्तव्य ज्यान मुद्धामा किटानी जाहेरी दरखास्त दिएका छन्र भने कसुरदारलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पाटन, बैतडीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका सूचना अधिकारी इन्सपेक्टर खेमविक्रम केसीले बताए ।

 

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.