काठमाण्डौ : संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी र नेपालका लागि चीनका राजदुत चेन सोङबिच शिष्टचार भेटघाट भएको छ। मंगलवार राजदुत सोङ र मन्त्री जोशी बिच मन्त्रालयमै एक घण्टा छलफल गरेको मन्त्रीका प्रेस संयोजक डोरेन्द्र खडकाले बताए । उहाँहरुबिच द्धिपक्षीयहित र समसामयिक विषयबस्तुमा छलफल भएको जनाएको छ ।