वनमा लागेको डढेलो घरमा सल्किदा बैतडी दुई घरमा क्षती

बैतडी:  वनमा लागेको डढेलो घरमा सल्किदा बैतडीमा दुई घरमा आगलागी भएको छ। बिहीबार साँझ वनमा लागेको आगो घरमा सल्किदा जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ भनकुडाका जयबहादुर चन्दको ४ कोठे र ७ कोठे गरी २ वटा घरमा आगलागी भएको हो।

आगलागीबाट घरभित्र रहेका काठ, भाडाबर्तन, लत्ताकपडा, खाद्यान्न, सोलार प्यानल लगायतका सामान गरि अन्दाजी ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमबिक्रम केसीले जानकारी दिए ।

मानवीय तथा चौपाया क्षती भएको छैन् । प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.