ललित बोहरा , डडेल्धुरा : ठुलो स्थानीय तहमा बजेट होल्ड रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बताएका छन् । डडेलधुरामा यहाँका स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृतहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री जोशीले यस्तो बताएका हुन् । सानो तथा राजस्व संकलन कम भएको स्थानीय तहहरुले बजेट अभाव झेल्नु पर्ने अवस्था रहेका मन्त्री जोशीको भनाई छ । ‘काठमाण्डौ महानगरको बजेट र सुदूपश्चिम प्रदेशको बजेट उस्ता-उस्तै छ केही महानगरहरुले बजेट खर्च गर्न सकिरहेका छैनन्, उनले भने, ‘साना स्थानीय तहमा बजेट नै अभावले कम गर्न समस्या छ।’
उनले स्थानीय तह र सङ्घीय मामिला तथा सामान्य प्रशासनले युवा स्वरोजगारका लागि एकिकृत कार्यक्रम गर्न अर्थ मन्त्रालयलाई बजेट प्रस्ताव गरिएको बताएका छन् । उनले भने, ‘एक जिल्लामा एक एकिकृत कार्यक्रम गर्ने पाए युवा स्वरोगारसंग जोड्न सकिन्थो की भनेर अर्थसंग ५० करोड प्रस्ताव गरेकाछौँ अर्थ मन्त्री पोजेटीभ हुनुहुन्छ। ’
फरक प्रशंगमा बोल्दै मन्त्री जोशीले स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्षहरुलाई नगर प्रमुख वा अध्यक्षहरुले उनीहरुको अधिकार बाहिर गएर काम गरेको गुनासो भएको बताए । संविधानले स्थानीय तहमा उप्रमुख वा उपाध्यक्षको अधिकार अनुगमन र न्यायीक समिति लगायतका दिएको स्मण गर्दै मन्त्री जोशीले समन्वय गरेर जान प्रमुखहरुलाई आग्रह गरे ।
स्थानीय तह, प्रदेश, संघका कार्मचारीको क्षमता कसरी बृद्धी गर्ने सकिन्छ भने हाम्रो मन्त्रालय लगरेको उनले बताए । उनी शुत्रबार नै गृह जिल्ला बझाङ जाने कार्यक्रम रहेको प्रेस संयोजक डोरेन्द्र खडकाले बताए ।