पाटनको कक्षा ८ नतिजा : कपी जाचँमा गम्भीर त्रुटी भेटीयो

ललित बोहरा, पाटन बैतडी : 

पाटन नगरपालिका बैतडीको कक्षा ८ को कपी जाचँमा गम्भीर त्रुटी भेटीएको छ । पुनर्योग अर्थात अंक पुनःगणनाका लागि आवेदन दिएका बिद्यार्थी मध्ये ६ जना विद्यार्थीको नजिता फरक भेटीएको छ । ६ बिद्यार्थी मध्ये २ जनाले उर्तिण अंक पाएको देखिएको छ । भने ४ जना ग्रेडबृद्धी परिक्षामा समाबेश हुने पाउने भएका छन् । १० बिद्यार्थीको अंकमा कुनै थप घट नभएको पाटन नगरपालिका शिक्षा शाखा प्रमुख ललित पाण्डेयले बताए ।

१७ जनाले मात्र पुनर्योग अर्थात पुनः गणनाका लागि ३ सय रकम तिरेर निवेदन दिएका थिए । पाटन भ्याली स्कुलका दुई जना उत्तिर्ण भएका छन् । एक जनाले ७ बिषयको पुनः गणना गराउदाँ ए प्लस नतिजा भएको छ भने अर्को ए ग्रेड नजिता देखाएको छ ।

कोर्ड नम्बर राखेर कक्षा ८ को परिक्षामा बिद्यार्थीको सिम्बोल नम्बर नै परिर्वतन भएको भेटीएको छ । पाटन भ्याली स्कुलका ३ जना बिद्यार्थीले पुनः गणनाका लागि निवेदन भएको प्रधानाध्यापक उत्तम भण्डारीले बताए ।

एसइइको परिक्षाका कारण कपी जाचँमा हतार गरेकाले नजितामा तलमाथिएको परिक्षा समितिका सदस्य तथा नगर शिक्षा समितिका सदस्य भरत पन्तले बताए । केही ठाउँ नगरपालिकाले प्राविधिक त्रुटी गरेको छ ।

उनले भने, ‘त्यही समयमा एसइइ परिक्षा थियो शिक्षकहरु व्यस्त भए पछि हतारमा जाचँ गरियो । अनी समस्या भयो ।’
१७ जनामै ६ को फरक नतिजा आउनाले धेरै बिद्यार्थीको नजिता फरक आउन् सक्ने शिक्षकहरुले आकलन गर्न थालेको छन् । परिक्षा समितिले नै त्रुटी गरेको उनीहरुको आरोप छ ।

७ बिद्यालयको नजिता शून्य आएको थियो भने ९ विद्यालयको १ जना मात्र पास भएको थियो । पुनः गणनाका लागि नगरपालिकाले ७ दिनको म्याद दिएको थियो । जसको नजिता सार्वजनीक प्रकाशन नगरेर बिद्यालयहरुलाई पठाइएको शिक्षा शाखाले जनाएको छ । यही बैशाख १० गतेबाट ग्रेडबद्धी परिक्षाका लागि पाटन नगरपालिकाले ५ केन्द्र तोकेको छ ।

Ok

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.