कक्षा ८ को नगरस्तरीय परिक्षामा भएको त्रुटीप्रति नेकपा एमालेले ध्यानाकर्षण

बैतडीको पाटन नगरपालिका लिएको कक्षा ८ को नगरस्तरीय परिक्षामा भएको त्रुटीप्रति नेकपा एमालेले ध्यानाकर्षण भएको जनाएको छ । नेकपा एमाले पाटन नगरकमिटीले शनिबार एक प्रेश विज्ञप्ती जारी गर्दै परिक्षाको उत्तरपुस्तिका जाचँमा भएको त्रुटी तीन दिनको भित्र सच्याउन माग गरेको हो ।

शनिवार बसेको नेकपा एमाले पाटन नगरकमिटीको पदाधिकारीको बैठकले नतिजा प्रकाशन र उत्तरपुस्तीका जाचँमा भएको त्रुटी सच्याउन र त्रुटी भएको स्वीकार्न ३ तीनको समयसिमा दिइएको नगरकमिटी अध्यक्ष धर्मराज भट्टले बताए ।
यस्तै आइतबार पाटन नगरपालिकाका नगरप्रमुख उपप्रमुख र शिक्षा शाखालाई बिभिन्न माग राख्दै ज्ञापनपत्र समेत बुझाई उनले बताए ।
परिक्षा समितिले तत्काल राजीनामा दिनुपर्ने, सबै विद्यार्थीहरुको उत्तर पुस्तिका पुर्नयोग गरिनुपर्ने, शिक्षा क्षेत्रमा गरीएको लापर्वाही गर्ने व्यक्तिले सार्वजनिक रुपमा माफी माग्नु पर्ने, शिक्षा क्षेत्रमा हुने राजनिती बन्द गर्नुपर्ने लगायतका विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाइ उनले जानकारी दिए ।
यदी समयमा माग सम्बोधन नभए कडा संघर्षका कार्यक्रमहरु गरिने नगरकमिटी अध्यक्ष भट्टले चेतावनी समेत दिए । पुनर्योग अर्थात अंक पुनःगणनाका लागि आवेदन दिएका बिद्यार्थी मध्ये ६ जना विद्यार्थीको नजिता फरक भेटीएको छ । ६ बिद्यार्थी मध्ये २ जनाले उर्तिण अंक पाएको देखिएको छ भने अन्य ४ जना ग्रेडबृद्धी परिक्षामा समाबेश हुने पाउने भएका छन् ।

us dintal patan
Leave A Reply

Your email address will not be published.