पाटन नगरस्तरिय कक्षा ८ को नतिजा विवाद : छानविन समिति गठन

बैतडी : बैतडीको पाटन नगरपालिकाले नगरस्तरिय कक्षा ८ को परिक्षाको कपी जाचँमा देखिएको त्रुटीको बिषयमा छानविन समिति गठन गरेको छ ।  प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बुढाको नेतृत्वमा तीन सदस्यीय छानविन समिती गठन गरेको समाजिक विकास समितिका संयोजक हरिष सिह बिष्टले बताए ।

जसमा शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख ललित कुमार पाण्डेय र कृष्ण मावि पाटनका प्रधानाध्यापक विरेन्द्र केसी सदस्य चयन गरेको नगरपालिकाले जनाएको छ । कक्षा ८ का परिक्षा दिएका बिद्यार्थीले नग्रेड अर्थात अनुतिर्ण अंक प्राप्त भएपछि पुनर्योगका लागि निवेदन दिएका १७ जना मध्ये एक जनाले ‘ए’ प्लससहित तीन जना पास, र तीन बिद्यार्थीको नतिजामा सुधार आएको थियो ।

निवेदन दिन छुटेहरुको समेत फरक नतिजा आउने सक्ने भन्दै छानविनका लागि नेकपा एमाले पाटन नगरकमिटी, यहाँका बौद्धिक व्यक्ति र शिक्षा प्रेमी, बिद्यार्थी र अभिभावकले सम्पुर्णको पुनर्योग गर्ने माग उठेको थियो ।

पाँच दिन भित्र छानविन समितिलाई प्रतिवेदन बुझाउने समय दिएको समाजिक विकास समिति संयोजक बिष्टले बताए । उनका अनुसार तीन जनाले छानविन गरेपछि नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, शिक्षा समिति र परिक्षा समितिमा बृहत छलफल गरिने छ ।

बैशाख १० गते सोमबारदेखी दुई बिषयमा न्नग्रेड ल्याएका बिद्यार्थीले ग्रेडबृद्धीको परिक्षा दिर्दै छन् । छानविन समितिले ग्रेडसुधार गर्न सक्नेमा कुनै बिद्यार्थी देखिएको अंक पुगेको रहेछ भने फेरी ग्रेडसुधारको मौका दिने समाजिक विकास समिति संयोजक बिष्टले बताए ।  यता छानविन समिति गठन भएको हो त भन्ने प्रश्नमा शिक्षा शाखा प्रमुख ललित कुमार पाण्डेयले आफुलाई थाहा छैन भन्ने जवाफ इन्फो समाचारलाई दिएका छन् ।

ग्रेडसुधारको केन्द्रको संख्या ६ पुग्यो ।

बैतडीको पाटन नगरपालिकाले ग्रेडसुधार परिक्षाका लागि तोकेका ५ केन्द्रमा विवाद सिर्जनमा भएपछि एक थप गरेको छ । पाटन नगरपालिका ३ गुजर माविलाई मौका परिक्षाको केन्द्र तोकेको नगरपालिकाले जनाएको छ । यस अगाडी ५ केन्द्र तोकेको समयमा गुजरको बिद्यार्थीले खोड्पे जानु पर्ने गरी केन्द्र निधारर्ण गरेका थियो । वडा नम्बर ४ र ३ का वडा अध्यक्षहरुले विवाद गरेपछि यहाँ थप गरिएको हो । पहुँचका आधारमा केन्द्र तोकिएको भन्दै वडा नम्बर ४ का अध्यक्ष दिपक बिष्टले आपती जनाएका थिए । त्तकाल केन्द्रबारेको निर्णय सच्चाउनु पर्ने उनले नगर प्रमुखसहित शिक्षा समिति समक्ष मौखिक माग राखेका थिए । एक बढाएपछि केन्द्रको संख्या ६ पुगेको हो ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.