पाटन नगरस्तरिय कक्षा ८ को नतिजा विवाद : एमाले पाटनले बुझायो नगरप्रमुखलाई ज्ञापन पत्र

बैतडी :

बैतडीको पाटन नगरस्तरिय कक्षा ८ को परिक्षाफल विवाद आएपछि एमाले पाटनले ज्ञापन पत्र बुझाएको छ । पाटन नगरपालिका शिक्षा समिति संयोजक तथा नगरप्रमुख र शिक्षा शाखालाई ११ बुद्धे ज्ञापन पत्र बुझाएको एमाले पाटन नगर कमिटी अध्यक्ष धर्मराज भट्टले बताए ।

परिक्षा समितिले तत्काल राजिनामा गर्नु पर्ने, सम्पुर्ण बिद्यार्थीको उत्तर पुस्तीका पुनर्योग गरिर्नु पर्ने, बिद्यार्थीबाट पुनर्योगका लागि आवेदन मार्फत लिएको शुल्क तत्काल फिर्ता गर्नु पर्ने, शिक्षा समितिले सार्वजनीक रुपमा माफी माग्नु पर्ने लगायतका ११ बुद्धा सहितको ज्ञापन पत्र नगर प्रमुखलाई बुझाएको अध्यक्ष भट्टले बताए ।

एमाले नगर कमिटी र स्थानीय शिक्षा प्रेमी तथा जिल्ला समन्वय समिति सदस्य करन कडायत र प्रेम सिह भाट लगायतका उपस्थीति थियो । उनीहरुले पाटन नगरपालिका कार्यालय पुगेर नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत र शिक्षा शाखाका प्रमुखसंग छलफल समेत गरिएको छ । छलफलमा ग्रेड बृद्धीको परिक्षा रोकेर पुनर्योग सबै बिद्यार्थीको गर्नु पर्नेमा जोड दिएका थिए । ‘ए’ प्लस ल्याउने बिद्यार्थीको ५ बिषयमा कुनै ग्रेड नआएको देखिएको थियो ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.