बैतडी : ‘जिवन उपयोगी शिक्षा लागु गर’ भन्दै बैतडीमा नागरिक समाजले भेला तथा सडक प्रदर्शन गरेका छन् । सोमबारबाट सुरु भएको शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह २०२४ को अवसरमा नागरिक समाजले पाटन नगरपालिका ८ खोड्पेमा ¥याली प्रर्दशन गरेको हो ।
शिक्षाका लागि राष्ट्रिय अभियानको सहयोगमा भुमेश्वर सामुदायिक बिकास संघ (बिसिडिओ) को आयोजना तथा फोर्स नेपाल र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालसंगको सहकार्यमा कार्यक्रम गरिएको फोर्स नेपालका अध्यक्ष प्रेमसिह भाटले बताए । तीनै तहका सरकारसंग निःशुल्क, गुणस्तरिय तथा सर्वसुलभ, व्यवहारिक, सहभागितामुलक शिक्षा र प्रविधिमैत्रि शिक्षाको व्यवस्था हुनुपर्ने माग गर्दै कार्यक्रम गरिएको (बिसिडिओ)का अध्यक्ष मानबहादुर ऐरले बताए ।
‘सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर खस्किदो अवस्थामा छ’ अध्क्ष्य ऐरले भने ‘ती विद्यालयहरुमा पढ्ने हाम्रा बालबालिकाहरुको पनि समयानुसारको शिक्षामा पुहँच हुनुपर्छ भनेर स्थानीय तथा प्रदेश संघिय सरकारलाई दबाब दिन कार्यक्रम गरिएको हो ।’
शिक्षा क्षेत्रमा हुने राजनिति बन्द गर्नुपर्ने सहभागीहरुको जोड दिएका थिए । सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष प्रेम सिंह भाटले सरकारले सामुदायिक बिद्यालयहरुको गुणस्तर सुधार दक्ष जनशक्ति र पुर्वाधारको व्यवस्थापन गर्न सके मात्रै हुने बताए ।
अप्रिल २२ देखी २६ तारिख सम्म यो अभियान सञ्चालन हुने गरेको छ । यस वर्ष रुपान्तरणकारी शिक्षा भन्ने नारा कायम गरिएको हो छ । यो कार्यक्रम नेपालसहित विश्वका १५० भन्दा बढी राष्ट्रका नागरीक समाजहरुले मनाउने गरेका छन् । कार्यक्रममा नागरीक समाजका अगुवा,जनप्रतिनिधी, शिक्षक, विद्यार्थी तथा सरोकारवालहरुको कार्यक्रममा उपस्थीति रहेको थियो ।