बैतडी : बैतडीको पाटन नगरपालिका वडा नम्बर १ ले सुनौलो हजार दिने आमाहरु र हिंसा प्रभावित महिला , सामुदायीक महिला स्वयंसेविकासहित ९४ जनालाई कोसेली वितरण गरेको छ ।
सोमबार वडा कार्यालय परिषदमा आयोजित एक औपचारिक कार्यक्रमका बिच पोषण सामग्री,स्वास्थ्य तथा सरसफाई सामग्री कोसेलीका रुपमा वितरण गरिएको वडा अध्यक्ष तर्कसिह ठगुन्नाले बताए ।
पोषण मैत्री वडा घोषणाको तयारी स्वंरुपमा वडा कार्यालयले कोसेलीसंगै पोषणका सुंचकलगायत जनचेतनात्मक बिषयमा अभिमुखिकरण कार्यक्रम पनि सम्पन्न गरेको अध्यक्ष ठगुन्नाले बताए ।
वडा कार्यालयको स्विकृत बजेट अनुसार लक्षित समुदाय समेत समेटिने गरी कोसेली वितरण गरेको उनको भनाई छ । वडा नम्बर १ मा पहिलो पटक सबै क्षेत्रका महिला सहभागी गराउने गरी कार्यक्रमको आयोजना गरिएको स्वंमसेवीका हरिना बोहराले बताइन् ।
यहाँका घरेलु हिँसा, लैगिङक हिँसा प्रभावितलाई समेत पोषणसंग जोड्ने गरिन अण्डा, दाल, आयोडिन नुन, कोल्केट, तुथब्रस, निलकटर,चाना नुहाउने साबुन लगायतका समाग्री कोसेलीका रुपमा वितरण गरिएको समुदायीक मनोसामाजीक कार्यकर्ता मालती बिष्टले बताइन् ।