बैतडी: बैतडीको पाटन नगरपालिका-१ मा रहेको कैलाश आधारभूत बिद्यालयलाई कक्षा ९ संञ्चालनको अनुमतिका लागि सिफरिस गरिएको छ ।
मंगलबार पाटनमा बसेको नगर शिक्षा समितिको बैठकले शैक्षिक सत्र २०८१ देखी कक्षा ९ संञ्चालन गर्ने गरि अनुमतिको लागि कार्यपालिकालाई सिफारिस गरेको समाजिक विकास समिति संयोजक हरिष सिह बिष्टले बताए ।
नगर प्रमुख तथा नगर शिक्षा समिति संयोजक गौरी सिह रावलको अध्यक्षतामा बसेको बैँठकमा नगर उपप्रमुख कमल सिह बोहरा, प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बुढा लगायतका शिक्षा समितिका सदस्यहरुको उपस्थीती रहेको जनाएको छ ।
डैसिलीमा कक्षा ९ संचालनका लागि चन्द संकलन जारी रहेको विद्यालय प्रधानाध्याक गगन सिह बोहराले बताए । सेवा क्षेत्रका कर्मचारी, स्थानीय नागरिकलाई चन्द दिएर कक्षा ९ संञ्चानका लागि सहयोग गर्न उनले अनुरोध गरेका छन् ।
कक्षा ९ र १० अध्ययन गर्ने यहाँका बिद्यार्थी सानौ उमेरमा तीन घण्टा हिडेर टाढाका विद्यालय जानु पर्ने बाध्यता हट्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडा अध्यक्ष तर्कसिह ठगुन्नाले बताए ।
यो बिद्यालयमा कक्षा ८ बाट पास भएर एक जना बिद्यार्थी ९ कक्षामा पुगेको छ भने केही ग्रेडसुधारबाट आउने र केही पोखरी लगायतका बिद्यालयबाट आउने अपेक्षा लिएको छ ।