ललित बोहरा, डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकामा एकिकृत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। यहि बैशाख १३ गतेबाट विशेषज्ञ डाक्टरसहितको एकिकृत स्वास्थ्य शिविर सञ्चालन हुने अजयमेरु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेश पालले बताए ।
्र१३ गते अजयमेरु गाउँपालिका ६ राजुल जनचेतनाबाट शिविरको उद्घाटन हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र प्रसाद ओझाले बताए । आधारभुत स्वाथ्यचौकीमा १० बजे देखि दिउँसो ५ बजेसम्म सेवा सञ्चालन हुने छन् ।
१४ गते वडा नम्बर ५ को देवल स्वास्थ्य चौकी बिहान १० बजे देखि दिउँसो ५ बजे सम्म शिविर संचालन हुने छ भने सेती प्रादेशिक अस्पताल धनगढीका बरिष्ट मुठु रोज बिशेषज्ञ डक्टर चित्र राज शर्माद्धारा मुटुरोग सम्बन्धि चेकजाच तथा उपचार हुने जनाईएको छ।
१५ गते वडा नम्बर ४ चिपुर स्वास्थ्य चौकी बिहान १० बजे देखि दिउँसो ५ बजेसम्म, १६ गते वडा नम्बर ३ आधारभुत अस्पताल, भद्रपुर, १७ वडा नम्बर २ को चमडा स्वास्थ्य चौकी, १८ वडा नम्ब। १ को समैजी स्वास्थ्य चौकीमा शिविर संचालन हुने गाउँपालिका अध्यक्ष उमेश प्रशाद भट्ट(विकास)ले बताए ।
शिबिरमा जनरल चेक जाँच तथा उपचार सेवा, भिडियो एक्सरे सेवा, दन्त उपचार सेवा, निशुल्क औषधि बितरण, ल्याव सेवा, निशुल्क आँखा जाँच तथा चस्मा बितरणका लागि र निशुल्क शल्यक्रिया गर्नुपर्नेहरुको तथ्यांक संकलन, आयुर्वेदिक स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा परामर्श सेवा प्रदान गरिने गाउँपालिका उपाध्यक्ष बसन्ती पालले बताइन् । शिविरमा आएर स्वास्थ्य सेवा लिन गाँउपालिकाले आग्रह गरेको छ।