ललित बोहरा
बैतडीको पाटन नगरपालिका-१ मा रहेका दुई बिद्यालय मर्ज गरि बयलचौरमा कक्षा ९ संचालन अनुमतिका लागि कार्यपालिकालाई अनुरोध गर्ने निर्णय गरेको छ ।
मंगलबार पाटनमा बसेको नगर शिक्षा समितिको बैँठकले शैक्षिक सत्र २०८१ देखी कक्षा ९ संचालन गर्ने गरि अनुमतिको लागि कार्यपालिकालाई अनुरोध गर्ने निर्णय गरेको समाजिक विकास समिति संयोजक हरिष सिह बिष्टले बताए ।
भुमिराज आधारभूत विद्यालय बाटुलासालाई श्री सरस्वति आधारभूत विद्यालय गुत्थडीमा कक्षा ६ देखी ८ सम्म मर्ज गरि सरस्वति आधारभूत विद्यालय गुत्थडीको कक्षा ६ देखी ८ सम्म बयलचौरमा संचालन गर्ने र सरस्वति आधारभूत विद्यालय गुत्थडी र श्री कैलाश आवि पाटन- १ डैसेलीलाई शैक्षिक सत्र २०८१ देखी कक्षा ९ संचालन गर्ने गरि अनुमतिको लागि कार्यपालिकालाई अनुरोध गर्ने निर्णय गरेकाे छ ।
शैक्षिक क्रियाकलापहरु शैक्षिक सत्र २०८१ देखी संचालन गर्ने गरि कार्यपालिकामा स्वीकृतीको लागि सिफारिस गर्ने निर्णय गरेकाे छ। नगर शिक्षा ऐन २०७५ लाई परिमार्जन गर्नको लागि कार्यपालिकामा नगर शिक्षा ऐन परिमार्जनको लागि कार्यदेश दिन र परिमार्जन समिति गठनको लागि अनुरोध गरिने जनाएकाे छ ।
सम्पूर्ण प्रधानाध्यापकहरुको नियुक्ति नविकरण गरि २ बर्षको लागि विद्यालय विकास प्रस्ताव विद्यालय व्यवस्थापन समितिबाट स्वीकृत गराइ १५ दिन भित्र अनिवार्य रुपमा नगर कार्यपालिकाको कार्यालयमा पेश गर्न लगाउने, बार्षिक १ हजार २४ कार्यघण्टा पुग्ने गरि प्रत्येक पिरियड ५० मिनेटको बनाउने र साउन महिना देखि अनिवार्य रुप १० बजे कक्षा संचालन गर्ने गरि न्यूनतम दैनिक ६ घण्टा पठनपाठन गर्नुपर्ने , स्थानीय विषयको पठनपाठनको लागि शिक्षकहरुको अध्ययन अध्यापनको लागि सहजिकरण गर्न स्थानीय विषय सन्द्रभ सामग्री निर्माणको लागि कार्यपालिकालाई बजेट तथा सन्द्रभ सामग्री निर्माण कार्यकारी समिति गठनको लागि अनुरोध गर्ने,
आन्तरिक मूल्याङ्कन तथा निरन्तर मूल्याङ्कनको लागि कडाइ साथ विद्यालयमा लागु गर्नको लागि विद्यालयमा पत्राचार गर्ने, बार्षिक रुपमा कम्तिमा प्रत्येक विद्यालयले २ दिने शैक्षिक सामग्री निर्माण कार्यशाला संचालन गरेको हुनु पर्ने, स्थानीय तहले शैक्षिक सत्र २०८० मा विद्यालय मर्जको लागि तोकेको न्यूनतम मापदण्ड बमोजिमका विद्यार्थीहरु पुर्याउनको लागि पत्राचार गर्ने, १० बर्षे शिक्षा योजना निर्माणको मस्यौदा माथि आवश्यक छलफल गरियो र आवश्यक सुधार अर्को बैठकमा पेश गरि समावेश गर्ने, आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा ८ को नतिजा माथि मिति २०८१।०१।०९ गतेका दिन नगर प्रमुखको अध्यक्षतामा बैठक बसी रुजु समिति गठन भएकोले उक्त रुजु समितिलाई अनुमोदन गर्ने निर्णय गरेकाे जनाएकाे छ ।
नगर प्रमुख तथा नगर शिक्षा समिति संयोजक गौरी सिह रावलको अध्यक्षतमा बसेको बैठकमा नगर उपप्रमुख कमल सिह बोहरा, प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बुढा लगयतका शिक्षा समितिका सदस्यहरुको उपस्थीती रहेको जनाएको छ ।