डडेल्धुराको अजयमेरु गाउँपालिका विद्यालय मर्ज तथा तह मिलानको तयारीमा

बैतडी: डडेल्धुराको अजयमेरु गाउँपालिकाले विद्यालय मर्ज तथा तह मिलानको तयारी थालेको छ । विद्यालय मर्ज तथा तह मिलान गर्न गठित समितिको मिति २०८१ वैशाख ११ गतेको निर्णयानुसार न्यून विद्यार्थी संख्या र भौगोलिक दूरीका आधारमा एक आपसमा मर्ज तथा तह मिलान गर्न इच्छुक विद्यालयहरुका लागि ५ दिने सूचना आह्वान गरेको शिक्षा शाखा प्रमुख लालबहादुर सेटीले बताए ।

समितिले निर्णय भए अनुसार एक आपसमा मर्ज तथा तह मिलान हुन चाहने विद्यालयहरुले यो ५ दिन भित्र विद्यालय व्यवस्थापनको निर्णय सहित कार्यालयमा निवेदन पेस गर्ने बिद्यालयहरुलाई आग्रह गरिएको उनले बताए ।

उनले भने, ‘पहिले स्वंम बिद्यालयले निवेदन दिन सक्छन भनेर सूचना प्रकाशित गरिएको हो आएन भने एक कार्यविधि बनाएर मर्ज तथा तह मिलान गरिने छ ।’ विद्यालय मर्ज तथा तह मिलानका लागि कार्यविधि निमार्णको तयारी समेत गाउँपालिकाले थालेको छ । जसका लागि सबै पक्षसंग छलफल सुरु गरिएको गाउँपालिका अध्यक्ष उमेश प्रशाद भट्टले बताए ।

विद्यालय मर्ज तथा तह मिलानका बिषय अजयमेरु गाउँपालिका अन्र्तगतका राजनितिक दल र शिक्षा समिति बिच अन्तक्रिया कार्यक्रम गरिएका अध्यक्ष भट्टले बताए ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.