हानिकारक प्रचलन अन्त्यका लागि अभिभावकलाई रुपान्तरण तालिम

बैतडी :

बैतडीको पाटनमा हानिकारक प्रचलन अन्त्यका लागि अभिभावकलाई रुपान्तरण तालिम लिन थालिएको छ । बालविवाह लगायतका हानिकारक प्रचलनहरुले पार्ने असरका बारेमा अभिभावकहरुलाई जानकारी दिनका लागि तालिम शुरु गरिएको हो । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष ९युएनएफपीए०, भीएसओ र पिसवीनको सहयोगमा तालिम शुरु गरिएको हो ।

पाटन नगरपालिका २ सिलंगामा ३ दिने तालिम बुधबारबाट सुरु गरिएको पीसवीनका फिल्ड सुपरभाइजर कृष्ण भट्टले जानकारी दिए । रुपान्तरण कक्षा सहभागी किशोरकिशोरीका अभिभावकहरुका लागि तालिम शुरु भएको हो ।

तालिममा सामाजिक कुरिती लगायतका बिषयमा छलफल गर्ने गरिएको छ । बालविवाहले पार्ने असरका बारेमा किशोरकिशोरी मात्रै नभएर अभिभावकहरु पनि जागरुक हुन आवश्यक रहेकाले उनीहरुका लागि तालिम सञ्चालन गरिएको भट्टले बताए ।

बालविवाहले पार्ने असरका बारेमा अभिभावकहरु जानकार भएमा बालविवाह रोक्न सकिने भएकाले उनीहरुका लागि तालिम सञ्चालन गरिएको पाटन नगरपालिका नगरउपप्रमुख कमलसिह बोहराले बताए । उनले यो कार्यक्रम महत्वपुर्ण भएका बताए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.