ललित बोहरा.बैतडी : जिल्ला समन्वय समिति बैतडी र पाटन नगरपालिकामा नयाँ कार्यालय प्रमुख आउने भएका छन् । जिल्ला समन्वय अधिकारी र प्रमुख प्रशासकिय अधिकृतको रुपमा कामकाज गर्न उपसचिव गणेश सिह ऐरलाई मन्त्रालयले खटाएको हो ।
पुर्नवास नगरपालिका कञ्चनपुरमा कार्यरत प्रमुख प्रशासकिय अधिकृत ऐरको पदस्थपना जिल्ला समन्वय समिति बैतडीमा गरेर थप जिम्मेवारी प्रमुख प्रशासकिय अधिकृत भइ पाटन नगरपालिकामा कामकाज गर्ने इन्फो समाचारलाई प्राप्त पत्रमा भनिएको छ ।
उपसचिव ऐरलाई दोहोरो जिम्मेवारीका साथ कञ्चनपुरबाट बैतडी खटाएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
यस अगाडी जिल्ला समन्वय समितिमा जिल्ला समन्वय इकाई प्रमुख नरेन्द्रराज अवस्थीले कामकाज गर्दै आएका थिए ।
पाटनमा प्रमुख प्रशासकिय अधिकृतको रुपमा शेरबहादुर बुढाले काम कामकाज गर्दै आएका थिए उनको १५ दिन पहिले नै गृह मन्त्रालय सरुवा भएको पत्र प्राप्त भइसकेको थियो । यस अगाडी उपसचिव ऐरले बैतडीको दनपा र डडेल्धुराको अमरगढी नगरपालिका लगायतका स्थानीय तहमा काम गरिसकेका छन् । पाटनमा छाेटाे-छाेटाे समयमा नै कार्यालय प्रमुख परिर्वतन हुदाँ याेजना लगायतका कामकाजमा ढिलासुस्ती हुने देखिन्छ ।