गिल्लेश्ररी वनका कोषाध्यक्षले किर्ते हस्ताक्षर गरेर लाखौ रकम दुरुपयोग गरेको उजुरी
थप दुई जनाको नाममा अवैध काठ कटानीको निवेदन
ललित बोहरा, डडेल्धुरा : डडेल्धुरा नवदुर्गा गाउँपालिका-४ मा पर्ने गिल्लेश्ररी सामुदायीक वन उपभोक्ता समुहका कोषाध्यक्षले किर्ते हस्ताक्षर गरेर लाखौ रकम दुरुपयोग गरेको उजुरी परेको छ ।
डिभिजन वन कार्यालयमा गिल्लेश्ररी सामुदायीक वनका कोषाध्यक्ष नारदबहादुर बिष्टले अध्यक्ष रमेशबहादुर बिष्ट र सचिव डम्बर ऐरको दस्तखत किर्ते गरेर रकम दुरुपयोग गरेको उजुरी परेको हो ।
कोषाध्यक्ष बिष्टले अध्यक्ष रमेशको हस्ताक्षर सजिलो बनाई आफै चेकमा दस्तखत गर्ने तथा सचिव ऐरलाई कुनै जानकारी नदिई किर्ते दस्तखतले चेक मार्फत रकम झिकेर अख्तियार दुरुपयोग गरेको उजरी डिभिजन वनमा परेको सूचना अधिकारी रणेन्द्र सिंहले बताए ।
उजुरी कर्ताको निवेदन अनुसार २०७६ देखी हालसम्म समुहको कोषको रकमको कारोबार कसरी ? कसले र कती? रकम भएको छ सो सम्बन्धमा आवश्यक कागजातहरु दुईदिन भित्र माग गरे अनुसार कार्यालयमा पुगेर अनुसन्धान भइरहेको अनुसन्धान अधिकृत महेश घर्तीमगरले बताए । उनले भने, ‘किर्ते सम्बन्धमा बैंकमा रहेका कागजत र उभोक्ता समुहसंग भएका कागजात पुगेका छन् । अनुसन्धान भइरहेको छ।’
डिभिजन वन कार्यालयले अनुसन्धानकै क्रममा अध्यक्ष रमेश सिह बिष्टलाई पत्र काटेर आवश्यक स्पष्ट खुलाई पठाउन अनुरोध गरेको छ ।
अध्यक्ष रमेशको हस्ताक्षर सजिलो बनाई आफै चेकमा दस्तखत गरेको भन्ने बिषय सहि हो या हैन्न प्रष्ट गर्ने आधारसहित पेश गर्न भनेको छ भने। उपभोक्ता समुहको निर्णय माग गरेको छ । अध्यक्ष बिष्टको चेकमा र उभोक्ता समुह बैंठकमा फरक फरक हस्तारक्ष भएको प्रमाण इन्फो समाचारसंग पुगेको छ ।
समुह सचिव डम्बरी ऐरले चेकमा कहिले हस्ताक्षर गरेको तथा आफुलाई रकम झिकेको समेत जानकारी नभएको भनाई अडियो सुरक्षीत छ । उनले भने, ‘१० मिनेटको कुराकानीमा उनले अदालतमा समेत म भन्न तयार छु मैले यो वनको चेकमा हस्तारक्षर गरेको छैन् । चेक देखेको छैन्, चेक साट्ने कुरा समेत भएको छैन्’
राष्ट्रीय बाणिज्य बैंकमा रहेका वनको खाताबाट ०७४ बाट करिब लाखौ रकम झिकिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
वन हेरालो, आगलागी नियन्त्रण, विज्ञापन खर्च लगायतका शिर्षकमा खर्च भएको देखिएको छ । कोषाध्यक्ष बिष्टले अहिले आदित्य आधारभूत बिद्यालयको राहत शिक्षक पदमा कार्यरत छन् ।
उनले आफुले २०७८ सालबाट गिल्लेश्वरी सामुदायिक वन उपभोक्ता समुहको कोषाध्यक्ष पदबाट राजिनामा दिएको बताए । उनले राजिनामा दिएपछि अध्यक्षले सधारणसभा बोलाएको पनि छैन् भने वन नविकरण समेत छैन् । नविकरण नगरेको वनमा काटेको काठ अबैध हुने एक कर्मचारीले बताए ।
उनको अनुसार गिल्लेश्वरी सामुदायीक वनबाट अबैधरुपमा काठ काटानी भएको दुई वटा मुद्धा अनुसान्धानमा छन् । यसरी व्यक्तीगत रिसीबिले मुद्धा थपिदै जाने खतरा बढेको एक स्थानीयले बताए ।
उनले भने, ‘घर प्रयोजनका लागि अधिकासले काठ काटेका छन्, खोजी निती गरे गाउँ नै काठ तस्करीमा पर्छ।’ अबैध काठ कटानी गरेको आरोपमा एकाघरका निर्मला बिष्ट बोगटी, गणेश बिष्ट र दिनेश बिष्टको नाममा उजुरी परेको छ । उनीहरुले लेखित जवाफ बुझाई सकेको छन् । उनीहरुको काटेको काठ आगलागीमा जलेर नष्ट भएको दाबी छ ।
नवदुर्गा गाउँपालिका-४ गिल्ला, खारका थप दुई जनाका नाममा अवैध काठ काटेको आरोपमा किटानी जाहिरी परेको डिभिजन वन कार्यालयमा परेको सूचना अधिकारी सिहले बताए । गिल्लेश्वरी सामुदायीक वनका उपभोक्ता धर्ममा लुहार र सिता भुलको नाममा किटानी जाहिरी परेपछि अनुसन्धान प्रक्रिया सुरु भएको वन कार्यालय डडेल्धुराले जनाएको छ ।
गिल्लेश्वरी सामुदायीक वन उपभोक्ता समुहमा किर्ते हस्ताक्षर र अवैध काठ कटानीको बिषयमा तिब्र अनुसान्धान भइरहेको अनुसन्धान अधिकारी घर्तीमगरले बताए ।
अवैध काठ कटानीका घटना पछिल्लो समय डडेल्धुरामा उजुरी आउने क्रःम बढेको छ । नवदुर्गा गाउँपालिका वडा नम्बर ३ का ३२ जनाको नाममा खर तथा मकै राख्न काटेको काठको समेत उजुरी परेको छ । यस बिषय थप अनुसन्धान भइरहेको छ ।