पाटन १० मा लैङ्गिक समानता लागि तीन पुस्ते अन्तरक्रिया

बैतडी : बैतडीको पाटन नगरपालिका–१०मा लैङ्गिक समानता र समाजिक समावेशिकरण प्रवर्द्धनको लागि तीन पुस्ते अन्तरक्रिया गरिएको छ ।

युवालयको आर्थिक सहयोगमा सोमबार पाटन नगरस्तरीय युवा संञ्जालको आयोजनामा जनप्रतिनिधि, समाजसेवी र युवाहरुको सक्रिय सहभागीतामा अन्तरक्रिया  गरिएको हो ।

कार्यक्रममा वडा सम्पुर्ण जनप्रतिनिधि, वडास्तरीय युवा संजालका प्रमुख एव प्रतिनिधि, स्वयंसेविका, महिला समुहका प्रतिनिधि लगायत स्थानीयको सहभागितामा बृहत छलफल गरिएको जनाएको छ । कार्यक्रमका सहभागिहरुले लैङ्गिक समानताका सवालमा आ आफ्नो तर्फबाट सक्दो पहल थाल्ने प्रतिबद्धता जनाएका छन् ।

लैङ्गिक समानताको लागि युवाहरुको तर्फबाट सक्दो सचेतनाका कार्यक्रम चलाउनुपर्ने वडा अध्यक्ष धनबहादुर कुवँरले बताए । यसका लागि युवा सञ्जालहरु सबैले सम्बन्धीत निकायसँग समन्वय कार्यक्रम सञ्चालन गर्न वडा कार्यालयले सहयोग गर्ने बताए ।

संजालका अध्यक्ष संजय भण्डारी अध्यक्षतामामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि पाटन नगरपालिकाका १० का अध्यक्ष कुवँर रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष कुवँरले वडाबाट संचालीत कार्यक्रमहरुमा महिला सहभागीता बढाएको दाबी गरेका छन् ।

नगरस्तरिय युवा संञ्जालले १० वटैवडामा मा लैङ्गिक समानता र समाजिक समावेशिकरण प्रवर्द्धनको लागि जनप्रतिनिधि, समाजसेवी र युवाहरूसङ्ग अन्तरक्रिया गरिहेको छ ।

us dintal patan
Leave A Reply

Your email address will not be published.