डडेल्धुरादेखि काठमाडौं गइरहेको बस दाउन्नेमा पल्टियो

डडेल्धुरा : डडेल्धुरादेखि काठमाडौं गइरहेको बस दुर्घटनामा परेका छ । आइतबार बिहान घटाल डिलक्सको बा५ख ६००० नम्बरको बस पूर्व नवलपरासीको दाउन्नेमा दुर्घटनामा परेको हो ।

प्रेसर पाइप फुटेर उकालोमा रोकेको बस एक्कासी ब्याक भएर पल्टिएको बताइएको छ ।

बसमा ४० जनाजति यात्रु रहेकोमा सबै सकुशल रहेको उग्रतारा यातायात व्यवसायी समितिका अध्यक्ष मानबहादुर साउदले बताए ।

उनका अनुसार अधिकाशं यात्रुलाई सामान्य उपचारपछि गन्तव्यमा पठाइसकिएको छ । भने, बाँकी यात्रुलाई पनि अन्य सवारीसाधनमा पठाइनन लागिएको छ ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.