बैतडीमा नयाँ सुरुवात: गाउँपालिकाको आफ्नौ रेडियो ‘डिलासैनी’ संचालन

बैतडी : राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस २०८१ को अवसरमा बैतडीको डिलासैनी गाउँपालिकाले आफ्नौ रेडियो संचालनमा ल्याएकाे छ ।

रेडियो डिलासैनी ९६.८ मेघाहर्ज नामले परिक्षण प्रसारण सुरु भएको गाउँपालिकाले जनाएको छ । मंगलबार रेडियोको परिक्षण प्रसारणको उद्घाटन गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले गरेका हुन् । उनले रेडियो संचालन हुने टान्समिटरको स्वीच अन गरेर उद्घाटन गरेकाे स्टेसन म्यानेजर ईश्वर बोहराले बताए।

रेडियाे गाउँपालिकाको पूर्ण लगानीमा संचालन भएकाे गाउँपालिका प्रबक्ता यज्ञराज भट्टले बताए । केही दिन परिक्षण प्रसारणमा रहने र पछि व्यवस्थीत ढंगबाट संचालन हुने प्रबक्ता भट्टको भनाई छ ।

डिलासैनी सरकारका कामहरु, निती, नियम, कार्यक्रम तथा योजनाहरुका साथै समृद्ध डिलाशैनी निमार्णको लक्ष्य,उद्देश्य र प्रयासहरु सहजै जनताको घरदैलोमा रेडियाे मार्फत पुग्ने विश्वास लिइएकाे गाउँपालिका अध्यक्षा जाेशीकाे भनाइ छ ।

सरकारी निकायबाट संचालन हुने भएकाले जनातका आवाज बुलन्द नहुनेमा कतिपयको आशंका छ तर गाउँपालिका अध्यक्ष जोशीले भने, ‘जनातका समस्या रेडियोमा आउने-ल्याउने पुलको काम गर्ने दाबी गरे ।’

रेडियो संचालन कार्यविधि निमार्ण भए अनुसार संचालक समिति गठन हुने उनले बताए । समाचार तथा कार्यक्रममा गाउँपालिकाले हस्ताक्षेप गर्दैन् अध्यक्ष जोशीले भने, ु ‘हामीले कर्मचारीको व्यवस्था गर्ने तथा सञ्चालनमा सहयोग गर्ने हो ।’

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.