बैतडी : बैतडीमा वायु प्रदुषणमा नागरिकको भुमिका विषयक वक्तृत्वकला आयोजना गरिएको छ । जिल्लाको पाटन नगरपालिका-९ मा रहेको शिद्धेश्वर मावि हुक्केडाँडाले वन तथा वातावरण मन्त्रालय, वातावरण विभागको सहयोगमा कार्यक्रम गरिएको अध्यक्ष प्रेमसिह भाट(आगो)ले बताए ।
विभागको बिद्यालय केन्द्रित वातावरण संरक्षण कार्यक्रम अन्तरगत वायु प्रदुषणमा नागरिकको भुमिका विषयक वक्तृत्वकला कार्यक्रमू संचालन गरेको जनाएको छ । कार्यक्रममा २० जना बालबालिकाहरुले भागदिएको अध्यक्ष भाटले बताए ।
उत्कृष्ट हुने तीन बिद्यार्थीलाइ बिद्यालयकोतर्फबाट स्टेशनरी सामग्री पुरस्कारसहित सम्मान गरिएको उनले बताए । साथै शैक्षिकसत्र २०८१ को वार्षिक शैक्षिक गतिविधि सहितको क्यालेन्डर पनि अभिभावकहरुलाइ वितरण गरिएको छ । भने आज बसेको स्टाफ बैठक बाट शिक्षक योगेन्द्र बुढालाइ सूचना अधिकारी समेत तोकिएको छ ।