डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकामा जारी एकिकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा नम्बर ६ राजुलबाट सुरु भएको शिविर वडा नम्बर १ समैजीमा पुगेर सम्पन्न भएको हो ।
६ वटै वडामा एक-एक दिन सञ्चालन भएको शिविरमा २ हजार १ सय ३ जनाले स्वास्थ्य सेवा लिएका छन् । वडा नम्बर ६ मा २ सय ५०, वडा नम्बर मुटुरोगसहित ५ मा ५ सय ४, वडा नम्बर ४ मा ३ सय १४, वडा नम्बर ३ मा २ सय ५०, वडा नम्बर २ सय ४४ र वडा नम्बर १ मा ३ सय ६१ जनाले विभिन्न स्वास्थ्य सेवा लिएको स्वास्थ्य शाखाले जनाएको छ ।
१७ सय जनालाई औषधि वितरण गरिएको अजयमेरु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेश पालले बताए ।
अजयमेरु गाउँपालिका आयोजना तथा डडेल्धुरा अस्पताल डडेल्धुरा, नोभा अस्पताल, केजी अस्पताल धनगढी कैलालीको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिबिरमा जनरल चेक जाँच तथा उपचार सेवा, भिडियो एक्सरे सेवा, दन्त उपचार सेवा, निशुल्क औषधि बितरण, ल्याव सेवा, निशुल्क आँखा जाँच तथा चस्मा बितरणका लागि र निशुल्क शल्यक्रिया गर्नुपर्नेहरुको तथ्यांक संकलन, आयुर्वेदिक स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा परामर्श सेवा प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष बसन्ती पालले बताइन् ।
६ वटै वडामा संचालन सम्पन्न शिविरको एक औपचारिक कार्यक्रमका बिच गाउँपालिकाअध्यक्ष उमेश प्रशाद भट्ट (विकास)उद्घाटन गरेका थिए ।