डडेल्धुरामा ढुंगा प्रहार गरी महिलाको हत्या, एक जना फरार

डडेल्धुरा:

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकामा ढुंगा प्रहार गरि बिहिबार एक महिलाको हत्या भएको छ।

जिल्लाको परशुराम-५ बसगौरा बस्ने ६३ बर्षिया गोमति थापा मगरको मृ्त्यु भएको हो। उनलाई परशुराम ४ रज्यौडाका गोपाल राउटेले ढुंगा प्रहार गरि घाइते बनाएका थिए।

सो खबर पाउना साथ इलाका प्रसाशन कार्यालय जोगबुढाको टोली घटना स्थलमा पुगेको थियो। प्रहरी पुग्दा महिलाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

अहिले ढुंगा प्रहार गर्ने राउटे फरार रहेको इलाका प्रशासन कार्यालय जोगबुढाका प्रमुख इन्सपेक्टर गंगा दत्त बडुले जानकारी दिएका छन्।

Leave A Reply

Your email address will not be published.