डडेल्धुरा: श्रीमान-श्रीमतीको विवाद हुँदा श्रीमतीको टाउकोमा बन्चरो प्रहार

डडेल्धुरा : डडेल्धुरामा एक महिला बन्चरो प्रहारबाट गम्भिर घाइते भएकी छिन् । जिल्लाकाे आलिताल गाउँपालिका-२ मटेला बस्ने ३८ बर्षिया डम्मरी देवि देउबालाई उनका ४२ बर्षिया श्रीमान कर्ण बहादुर देउवाले (मंगलबार) बन्चरो प्रहारबाट गम्भिर घाइते बनाएका हुन् ।

श्रीमान-श्रीमतीको आपसी घरायसी झैझगडा हुँदा  श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरेको वडा अध्यक्ष प्रमोद मल्लले बताए।

घटनापछि श्रीमतीलाई स्थानियले गांखेत स्वास्थ्य चौकिमा लगेका थिए । त्यहाँ उपचार संम्भव नभएपछि उनलाई धनगढी रेफर गरिएको थियो । अहिले उनको माया मेट्रो अस्पतालमा उपचार भइरेको छ।

उनका श्रीमानलाई हिजो नै नियन्त्रण लिइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता कुसुम नायकले बताएका छन् । घाइते महिलाको अवस्था गम्भिर रहेको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.