बैतडी : बैतडीको पाटन नगरपालिकामा कक्षा ८ को ग्रेडवृद्धि परीक्षामा सहभागि भएका २ सय ९८ परीक्षर्थीमध्ये २ सय ४७ जना विद्यार्थी उर्तीण भएका छन् । बढीमा २ विषय लागेका विद्यार्थीले ग्रेडवृद्धिको परीक्षामा सहभागिता जनाएका थिए ।
गत शैक्षिक सत्रदेखि पाटन नगरपालिकाले कक्षा ८ को परीक्षामा कडाई गरेको छ । गत चैत्रमा लिइएको कक्षा ८ को परीक्षामा सहभागि ६ सय ५२ विद्यार्थीमध्ये १ सय ३७ जनामात्रै उर्तीण भएका थिए । उक्त परीक्षाबाट ७ विद्यालयको नतिजा शून्य आएको थियो । २ सय ९८ जना परीक्षार्थीले ग्रेडवृद्धिको परीक्षामा सहभागि हुने मौका पाएका थिए । शून्य नतिजा आएका बिद्यालयको कक्षा ९ मा बिद्यालय निल हुने देखिएको थियो ।