डडेल्धुरामा श्रीमानको बन्चरो प्रहारबाट महिलाको मृत्यु

डडेल्धुरा: डडेल्धुरामा श्रीमानको बन्चरो प्रहारबाट गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ।

मंगलबार (हिजो) जिल्लाको आलिताल गाउँपालिका–२ मटेला ४२ वर्षीय कर्णबहादुर देउवाले ३८ वर्षीया श्रीमती डम्मरीदेवी देउवालाई बन्चरो प्रहारबाट गम्भीर घाइते बनाएका थिए।

धनगढीस्थि मायामेट्रो अस्पतालमा उनको उपचारका क्रममा निधन भएको वडाध्यक्ष प्रमोदबहादुर मल्लले पुष्टि गरे। उनका अनुसार अस्पतालले उनलाई बुधबार बिहान ११ बजे मृत घोषणा गरेको हो।

अहिले उनको शब पोस्टमार्टमका लागि सेति प्रादेशिक अस्पतालमा राखिएको अध्यक्ष मल्लले बताए। मृतक डम्मरीका श्रीमानलाई मंगलबार नै नियन्त्रण लिइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.