मेलौलीकाे प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी चन्दलाई

बैतडी: बैतडीको मेलौली नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नारायण बहादुर चन्दलाई दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य संयोजक समेत रहेका चन्दलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत हाजिर नभए सम्मका लागि आर्थिक तथा प्रशासनीक कार्यका लागि जिम्मेवारी दिइएको मन्त्रालयले दिएको पत्रमा भनिएको छ । चैत्र २८ गते देखि मेलौली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन थियो ।

निर्वतमान प्रमुख प्रशासकीय अधिकृत मेहेन्द्र सिंह रावल सरुवा भएर उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालय काठमाडौं गएपछि रिक्त रहेको मेलौलीमा आर्थिक कारोबार ठप्प थियो ।

अख्तियारी आएकाले अब आर्थिक कारोबारका कामकारवाही अगाडी बढ्ने प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका चन्दले बताए ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.